
बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ । आइतबार मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा दुर्घटना भएको हो ।दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको प्रहरीले बताएको छ । ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा निधन हुने काे पहिचान गर्न सुरु गरेको बाँके प्रहरीले जनाएको छ ।