
पाेखराका ललित बाँनिया,माेहन बहादुर कार्की र हरि बहादुर कार्की फरकफरक पृष्ठभूमि ब्यक्ति ।ललित युके बाट फर्केका भने दुबै कार्की पाेखरामा अन्य व्यवसाय संचालन गर्ने ब्यक्ति ।सबैलाई नपुग्ने केही थिएन ।तर यी तिनजनाले हाम्रो देश नेपाल कृषि प्रधान देश हाे भन्ने पुष्टि गर्न नागरिकहरु व्यवहारमै याे पेशामा जाेडनु पर्ने अठोट गरे ।फरकफरक पृष्ठभूमि बाट सुरु गरेको उक्त कृषि फर्म अहिले विस्तारै उन्नति र प्रगतिपथमा लम्किरहेकाे छ ।पाेखरा लेखनाथ महानगर पालिका वडा न १४ मा रहेको राधिका एकिकृत कृषक समुहले संचालन गरेको ब्यवसायमा तरकारी र दुध लगाएतका स्थानीय उत्पादनहरु पाइन्छन । तीन जना मुख्य ब्यक्तिहरुकाे लगानीमा सुरु गरिएको उक्त समुहकाे ब्यवसायमा तरकारी र पशुपालन ब्यवसाय नमुना तरिकाले अगाडि बढेको छ ।
ललित बाँनिया,माेहन बहादुर कार्की र हरि बहादुर कार्की मिलेर संचालन गरेको उक्त फर्ममा करिब १ करोड पचास लाख लगानी रहेको छ । चार बर्ष अगाडि सुरु गर्दा याे समुहले सिमि,टमाटर ,काँक्राे,विभिन्न साग,काउली बन्दा आदिकाे खेती बाट सुरु गरेको थियाे । हाल उक्त फर्ममा भैंसी पालन पनि सुरु गरिएको छ । दुध दिने देखि अन्य भैसीहरुकाे समूह अहिले ४२ वटा त्यहाँ उपलब्ध छन ।मुर्रा जातका भैसीले दैनिक १ सय लिटर जति दूध दिन्छन ।
उक्त फर्ममा उत्पादन भएको दूध र तरकारी गाउँमै खपत हुने गरेको छ । आजभोलि तरकारी र दूध बाट मासिक ५ लाख जति आम्दानी हुन्छ ।दैनिक १० जना मजदुरले काम गरिरहेका छन ।फर्मकाे प्रगति बाट तिनै जना संचालक खुसि छन । तिनै जनाका परिवार फुर्सदमा फर्म पुगेर ब्यस्त भैहाल्छन ।हामी सबै हाम्रो व्यवसाय प्रति अत्यन्तै उत्तरदायित्व बहन गर्छौं ,फुर्सदमा हाम्रो सबैकाे परिवार फर्म पुग्छ र खटछ ललित बानियाँले भने ।

आगामी दिनमा १६ राेपनी क्षेत्रफलमा संचालन भएको उक्त फर्मलाई विस्तार गर्ने साेच पनि टिमको सँगसँगै अगाडि बढिरहेको छ । चरण क्षेत्र र घाँसकाे लागि १ सय २० राेपनी जग्गा पनि खरिद गरिसकेको छ ।कहिलेकाहीँ आउने हावाहुरीले टनेलहरु उडाउदा र भैसीकाे लागि गुणस्तरीय दाना नपाउदा कहिलेकाही व्यवसायमा चुनाैति थपिदिए पनि विचलित नभएर समूह अगाडि बढिरहेको छ ।

बजारको अभाव नभएको समुहले भनाइ छ ।लकडाउनले आंशिक असर गरेपनि निरन्तर व्यवसाय अगाडि बढिरहेको बताइएकाे छ ।उक्त फर्ममा सबै अर्गानिक उत्पादनहरु पाइने गरेको छ ।हामीले सबै अर्गानिक चिजहरु उपलब्ध गराएका छाै हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ बानियाँले भने ।तरकारी खेतिकाे लागि मल पनि उक्त फर्म मै पाइन्छ भने थाेपा सिचाइ बाट तरकारी खेति गरिन्छ ।