
पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न ठाउँमा गरिएको प्रयाेगशालामा गरिएको परिक्षण मा उक्त संख्या पुष्टि भएको छ ।सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ ।
यस्तै मंगलबार देशका विभित्र काेराेना विषेश अस्पताल बाट ४५ जना काेराेना जितेर घर फर्केका छन ।याे सँगै नेपालमा काेराेना संक्रमण जितेर घर जानेको संख्या २ सय ६६ पुगेको छ ।