
मंगलबार राति मुसिकाेट नगरपालिका वडा नम्बर १४ स्थित प्रहरी चाैकिमा आक्रमण तथा ताेडफाेड गर्ने वडा अध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा सेवन गरि नियाेजित ढंगले प्रहरी चाैकिमा आक्रमण गर्ने मुख्य याेजनाकार वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी र उनका सहयोगी साेहि निवासी ,राजन के.सी र खिलराज गिरी मुसिकाेट कै टोड्के एरियावाट पक्राऊ परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।घटनामा संलग्नहरुकाे ब्यापक खाेजि कार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।उनिहरुलाई अभद्र ब्यबहार अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।