
काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।
कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णय पछि सबैले पसलहरु खुला गरेका हुन् ।महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए ।