
बिहीबार एकै दिन ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार ३ सय ३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ।
बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा तीन, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो। बिहीबार १२ जनाले काेराेना जितेर घर फर्किएका छन याे सँगै २ सय ९० जना हाल सम्म काेराेना बाट निकाे भएका छन ।