
जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते चाैरजहारी वडा ८ मा भएको ६ जनाकाे हत्यामा संलग्न आशंकामा थप सात जना पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय स्राेतका अनुसार बिहिवार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको हाे । पक्राउ पर्नेहरुमा चाैरजहारी ८ का अन्दाजी ४० बर्षका नेत्र मल्ल ,अन्दाजी ३० बर्षका रेशम मल्ल ,साेहिका अन्दाजी २१ बर्षका धनराज राना , अन्दाजी २४ बर्षका रमित पुन, अन्दाजी २१ बर्षका नवीन घर्ती ,अन्दाजी २४ काे विराज पुन,अन्दाजी २२ बर्षकाे भिम पुन रहेका छन ।उनीहरु माथि थप अनुसन्धान भैरहेको डिएसपी ठग बहादुर केसीले बताए । यस अगाडि वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् ।
पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।किटानी जाहेरी दिएका दुई जना अझै वेपत्ता रहेका छन ।प्रहरीले अनुसन्धान तथा बेपत्ताकाे खाेजि कार्यलाई व्यापक बनाएको छ ।हिरासतमा रहेकालाई बिहीबार अदालत पेश गरि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकाे छ ।