
कैलालीको जानकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर शुक्रवार घर फर्किएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि टीकापुर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएका हुन्।
कोरोना जित्नेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष रहेका छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष रहेका छन्। कैलालीको टीकापुरस्थित अस्पतालमा उपचारार्थ आइसोलेसनमा रहेका उनीहरुलाई टीकापुर अस्पताल व्यवस्थापन समितिले विदाइ गरेको हाे ।