
अहिले पश्चिम रुकुम निरन्तर केही घटनाहरुले गर्दा चर्चामा छ ।चाैरजहारी नगरपालिका ८ मा ६ जनाको ज्यान जाने गरि भएको हत्या श्रृङखला सेलाउन नपाउदै मुसिकाेट नगरपालिकाकाे वडा नम्बर १४ मा रहेको अस्थाई प्रहरी चाैकी ताेडफाेडकाे घटना चर्चामा आयो ।यी चर्चाहरुले नचाहादा नचाहदै पनि सिङ्गो पश्चिम रुकुमलाई नै राष्ट्रिय चर्चामा तान्याे । यस्ता जगन्य ,अपराधीक तथा उच्छृंखल कार्यमा राज्यको कानुन कार्यनयन गर्ने पदमा बसेका जनप्रतिनिधिहरले नै अगुवाइ गरेपछि चर्चा झनै चुलियाे ।
केही बर्ष शान्त बनेको रुकुमको शान्ति सुरक्षा पछिल्लो समय विभिन्न श्रृङखलाहरु सँगै फेरि पुरानै अवस्थामा फर्कन थालेको छ । पछिल्लो एक महिनामा जिल्लाका तीन ठाउँमा घटेका निकै आलाेचित घटनाले जिल्लाकाे पहिचानमा दाग मात्रै लागेन शान्ति सुरक्षालाई नै चुनाैति थपि दियो । ती तीन घटनामा मुख्य नायकको भुमिकामा रहे चुनाव जितेर जनप्रतिनिधि बनेका वडा अध्यक्षहरु । वडा अध्यक्ष तथा जनप्रतिनिधि संलग्न सानातिना दर्जनौं घटनाहरु जिल्लामा छन ।तर वितेकाे एक महिनामा वडा अध्यक्षहरुले जिल्लामा मच्चाएको तीन मुख्य घटनाले प्रशासनलाई समेत टाउको दुखाइ दिएको छ ।
सामान्यतया समाजमा शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधिहरुले प्रशासनलाई सघाउने ठाउँमा जनप्रतिनिधि नै अशान्ति मञ्चाउने कार्यमा संलग्न भएपछि समस्या उत्पन हुने नै भयो । स्थानीय स्तरमा विभिन्न काण्डमा जनप्रतिनिधि संलग्न हुने अनि केन्द्रीय नेतालाई गल्ती लुकाउन गुहार माग्ने याे प्रचलन जहाँ जुन पाटीकाे बाहुल्यता छ त्यहा बढि नै हुने नेपाली संस्कार नै छ ।आफुले गलत काम गर्ने अनि नेतालाई बचाउ भन्ने प्रचलनले नेताहरूलाई समेत विवादमा तान्ने काम छर्लङ्ग नै छ ।
घटना नम्बर एक :
रूकुम पश्चिमको आठसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि केही महिना अगाडि रातको समयमा आक्रमण भयो। उक्त आक्रमणमा साेहि नगरपालिका ३ नम्बर वडा अध्यक्ष केशरमान विकको निर्देशन थियो।उक्त आरोपमा वडा अध्यक्ष विक २० दिन हिरासतमा बसे। यस्तै तीन हप्ता अगाडि साेहि वडामा ४४ वर्षीय गोपाल बोहोरा, २८ वर्षीय गणेश बोहोरा र २९ वर्षीय मदन भण्डारी गम्भीर घाइते भए ।यसको प्रत्यक्ष निर्देशन र संलग्नता पनि केशरमानकै थियो। उनी स्वयंम कुटपिटमा संलग्न थिए ।तल्लो गाउँ र माथिल्लो गाउँ विच सामान्य विषयमा गाउँलेहरु उचालेर आफै नेतृत्व गरि उनलेे गाउँलेहरु कुटे । दर्जनौं मानिसको मृत्यु हुन बाट उक्त घटना झण्डै बच्याे । याे घटनाको जिल्लामा चर्चा भए पनि राष्ट्रिय चर्चा पाएन ।जिल्लाकाे दुर्गम ठाउँमा घटेको घटना सबैलाई ढिला गरि थाहा भयो ।विगतमा पनि थुप्रो यस्तै कार्यकाे नेतृत्व गरेका वडा अध्यक्ष अदालतबाट धराैटीमा रिहाइ हुदै आएका छन ।यसपटक पनि उनी विरुद्ध अदालतमा मुद्दा छ ।उनी हाल फरार छन ।ठेक्का तथा गाउँका सानातिना याेजनाकाे बिषयमा उनी विवादमा आइरहन्छन् ।उनी पुर्व नेकपा माओवादी बाट निर्वाचित वडा अध्यक्ष हुन ।उनलाई यस्तो गतिविधि नगर्न पटकपटक उनको पाटीले सचेत गराएपनि उनी नसच्चिएकाे स्रोत बताउछ ।
घटना नम्बर दुई :
गएको जेठ १० गते रुकुमको चाैरजहारी नगरपालिका ८ काे साेती गाउँमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाउने गरि दुखत घटना भयो ।जाजरकोटका ६ जना युवाहरुकाे ज्यान जाने गरि गाउँलेहरु द्वारा घटाइएको उक्त घटनामा पनि वडा अध्यक्ष डम्बर बहादुर मल्ल अग्रपंक्तिमा रहेको आराेप छ ।घटनामा वडा अध्यक्षकाे संलग्नता हाे हाेइन अनुसन्धान र अदालतले फैसला गर्ला, तर वडा अध्यक्षलाई नै केन्द्रमा राखेर उक्त घटनाको ब्याख्या भयो । उक्त घटनाले राष्ट्रिय स्तरमा मात्रै हाेइन अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चर्चा पायो ।संयुक्त राष्ट्रसंघले घटनालाई निकै चासो लियो ।जातीयताकै कारणले ६ जनाको हत्या गरिएको भन्दै देशभर अझै विभिन्न काेण बाट विरोध भैरहेको छ । वडा अध्यक्षकै नेतृत्वमा कुटपिट तथा हत्या भएको भन्दै चाैतर्फि वडा कार्वाहीकाे माग छ ।उनी पनि नेकपा बाट निर्वाचित वडा अध्यक्ष हुन ।वडा अध्यक्ष मल्ल सहित २५ जना हाल जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासतमा छन ।उनीहरु माथि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
घटना नम्बर तीन :
मुुसिकाेट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी बेला बेला मान्छे कुटपिट गरेर चर्चामा आउने अध्यक्ष हुन । पृठभुमिमै यस्तै लफडा बाट अगाडि बढेका अध्यक्ष केसीले मंगलबार साँझ जिल्लामा अर्को चर्चित लफडा मञ्चाए । छिमेकी वडा नम्बर १४ मा रहेको छिवाङ ज्युला प्रहरी चाैकिमा दुई दर्जन जति युवाहरू लिएर चाैकि नै ताेडफाेड गरे । चाैकिमा कार्यरत एक जना असई एक हवल्दार र एक जना जवानलाई आक्रमण प्रयास गरे ।चाैकिमा कार्यरत जवानलाई धम्काउदै भाैतिक सामाग्रीहरु ताेडफाेड गरि फरार भए ।उक्त घटना राष्ट्रिय स्तरमा निकै आलाेचित रुपमा चर्चा भयो ।
अघिल्लो हप्ताकाे चाैरजहारीकाे घटना सेलाउन नपाउदै प्रहरी चाैकि माथि भएको आक्रमणकाे सामाजिक सञ्जाल देखि सबै तरिकाबाट विरोध तथा आलोचना भएको छ ।प्रहरी घटनामा संलग्न वडा अध्यक्ष सहि उनका सहयोगी तीनजनालाई पक्राउ गरि हिरासतमा लिएर अभद्र ब्यवहारकाे मुद्दा चलाएको छ ।वडा अध्यक्ष नै यसरी राज्यका निकायमा हमला गर्न पुगेपछि समग्र रुकुमको समेत बदनाम भएको स्थानीयबासीहरु बताउछन । पटकपटक लफडा मञ्चाउने दिपकलाइ ३ महिना अघि पनि प्रहरीले हिरासतमा लिएर छाडेको थियो ।उनलाई पनि उनको सम्बन्धित पाटीले पटकपटक सम्झाउदा नसच्चिएकाे स्रोत बताउछ ।