
कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ ।