
सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।यस्तै मृतकको संख्या १४ पुगेको छ ।काेराेना संक्रमण जितेर घर फर्कनेकाे संख्या ४ सय ८८ पुगेको छ ।