
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् ।
मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् ।घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।