
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । धरानमा अब ५५ जना उपचाररत छन् ।