कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउने अभियानमा आर्थिक सहयोग तिव्र रुपमा अगाडी बढेको छ । दुइ दिनमै सहयोग अभियान सोचे भन्दा राम्रो तरिकाले अगाडी बढेको आयोजक संस्था एनआरएनए दक्षिण कोरियाले जनाएको छ । एनआएरएनए दक्षिण कोरियाले संयोजन गर्ने गरि बुधबार बाट सुरु भएको अभियानमा ब्यक्ति तथा संस्थाहरुले बुधबार बाटै तोकिएको बैक खातामा धमाधम आर्थिक सहयोग गरिरहेका छन । दुइ दिनमै बिहिबार दिउँसो सम्म पनि सोचे भन्दा राम्रो रकम जम्मा भएको अभियानका संयोजक तथा एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानेले बताए
यसै विच कोरियामा बसोबास गर्ने सुदुरपश्चिमका नेपालीहरुको साझा संस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक मुष्ट रुपमा दश लाख कोरियन वन सहयोग गरेको छ । उक्त अभियानमा दश लाख कोरियन वन सहयोग जम्मा गरेको बिज्ञप्ती मार्फत जनाइएको छ । सुदुरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष विर बहादुर पाल र महासचिव ओम साउदले बिज्ञप्ती जारी गदै संम्भावित क्षति कम गर्न तुरुन्तै कोरोना भाइरस परिक्षण गर्ने सामग्री खरिद गरि नेपाल पठाउने अभियानमा संस्थाले एकमुष्ट सहयोेग गरेको बताइएको छ । साथै संस्थाले अरुले पनि यसरी एकमुष्ट सहयोग गरेर अभियान लाई चाडै सफल बनाउन सुझाब दिएको छ ।
हाल कोरियामा कार्यरत अधिंकास नेपालीहरुले यो अभियानलाइ साथ दिन फेसबुकमा पनि अभियान चलाएका छन । यस्तै यही अभियानलाइ सहयोग गर्न सिन्धुपाल्चोक समाजले पनि सहयोग रकम जम्मा गरिरहेको बताएको छ । हामीले संयोजन मात्रै गरेको हो यो अभियान कोरियामा बसोबास गर्ने सबै नेपालीको हाे एनआरएनएका सचिव मनोज गौतमले भन्नु भयो । सचिव गौतमका अनुसार आवश्यक रकम पुगेपछि अभियान रोकेर चाडै किट्सहरु नेपाल पठाइने छ ।
यो अभियानमा नेपालीहरुले एकताको सन्देश दिदै आफनो देश प्रति देखाएको माया साच्चिकै नमुना भएको कोरियामा बसोबास गर्ने नेपालीले अनुभुति गरेका छन । जति चाँडै रकम जम्मा हुन्छ उति चाँडै नेपाल स्वास्थ्य सामग्री पठाउने आयोजकले बताएको छ । हाल नेपालमा कोरोना भाइरस परिक्षणको रिर्पोट थाहा पाउन काठमाडौमा मात्रै प्रबिधि सिमित मात्रमा रहेको छ । जसको रिर्पोट आउन पनि एक देखि दुइ तिन दिन सम्म लाग्ने गरेको छ ।
कोरियामा खरिद गरेर पठाउने भनिएको कोरोना भाइरस परिक्षण सामग्री किटेस ले तीन घण्टामै कोरोना भाइरस बाट संक्रमित हो या होइन भन्ने पत्ता लगाउ सक्ने आयोजले बताएको छ । हाल कोरियाको कोरोना भाइरस परिक्षण गर्ने यो प्रविधि बिश्वमै उत्कृष्ट भएको चर्चा सुरु भएको छ ।