
मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
यो सँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । यस्तै काेराेना संक्रमण बाट निकाे भएर डिस्चार्ज हुनेकाे संख्या ५ सय ८४ पुगेको छ