
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाकाे तर्फबाट भारतले सिमा मिचेकाे बिषयमा संयुक्त राष्ट्र संघमा कुरा उठाइदिन पहिलो पटक पहल गरेकाे छ ।राष्ट्रसंघ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि राजदूत रहेकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्न सक्ने भन्दै पहिलोपटक ज्ञापनपत्र बुझाइएको हाे ।

नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरा सहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।हामीले जहाँ जसरी हुन्छ याे मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य अनरुप ज्ञापनपत्र बुझायाैँ राम्रो प्रतिक्रिया आएको छ संयाेजक त्रिपाठीले बताए । याे सजिलोसँग प्राप्त गर्ने सक्ने पहुँच थिएन हामीले निकै मेहनत गरेर ज्ञापनपत्र बुझाउने मात्रै हाेइन अनलाइन बैठक समेत गरेर सिमाना मिचिएकाे बारे राम्रो सँग जानकारी गरायाैँ त्रिपाठीले भने ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधार सहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरा समेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपी समेत ज्ञापन पत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए ।नेपाल र नेपाली माटाको लागि संसारकाे जुन कुनामा बसेपनि न्यायको पक्षमा न्यायिक तरिकाले पहल निरन्तर गरिरहने त्रिपाठीले बताए ।
राजदूत केलीको राजनीतिक सल्लाहकारले अनलाइन
बैठक मार्फत याे कुरालाई सम्बन्धित पक्ष सँग लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । भारतले सिमा अतिक्रमण गरेको विषयमा संयुक्त राष्ट्रसंघ लगाएतका अन्तर्राष्ट्रिय निकाय समक्ष जानकारी गराउनुपर्ने माग उठिरहेको बेला याे कार्यकाे नेपालीले धन्यवाद दिएका छन ।