
कालिकोटमा करिब ३० देखि ३९ जना यात्रु बोकेको टिपर कर्णाली नदिमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै थियो।
कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । धेरै मानिसहरु हराइरहेको अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाकि छ ।