
कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान करिब १० बजे आसपासमा टिपर नदीमा खसेको प्रहरीले जनाएको छ।
भारतबाट फर्किएका ३९ जनालाई रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा लिंँदै गर्दा ना ८ ख ५१३३ नम्बरका टिपर दुर्घटनामा परेको थियो।