
कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा परि २ जनाकाे निधन भएको छ भने ८ जना घाइते भएका छन ।निधन हुनेमा कालिकाेट रास्काेट नगरपालिका २ कि २१ बर्षीया सर्मिला सार्की र साेहि कि २१ बर्षीया थम्की सार्की रहेका छन ।टिप्पर कर्णाली नदिमा खसेकाे थियोे ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।घाइतेलाई हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ ।यस्तै दुर्घटनामा बेपत्ता भएका मध्ये ३४ जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा परि अझै ३ जना बेपत्ता भएको पनि प्रहरीले जनाएको छ । ना ८ ख ५१३३ काे टिप्पर चालक रंगनाथ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ताहरुकाे खाेजि भैरहेको छ ।