
रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रोल्पा अस्पतालका अनुसार एक जना महिला सहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार संक्रमित सबै जना सुनिल स्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।
संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना छन् ।
संक्रमित पुष्टि भएका सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको बताइएको छ ।