कोरोना भाइरस लागेको तिन घण्टामै पत्ता लगाउने कोरियन स्वास्थ्य सामाग्री (हेल्थ किट) किन्न सुरु गरिएको अभियानमा २४ घण्टा नबित्दै नेपालीले ३५ लाख जम्मा गरेका छन । यो सख्या अझै धेरै बढन सक्ने अभियान्ताहरुले बताएका छन । बुधबार बाट सुरु गरिएको यस अभियानमा कोरियामा बसोबास गर्ने सिंगो नेपालीनै जुटेका छन । बिहिबार साझ सम्म करिब तिन करोड पचास लाख (३५ लाख नेपाली) बराबर रकम जम्मा भएको एनआरएनए दक्षिण कोरियाका सचिब मनोज गौतमले जानकारि दिए ।
जम्मा भएको रकम बाट (किट्स) किनेर नेपाल पठाइने छ । दुइ दिनमै सहयोग अभियान सोचे भन्दा राम्रो तरिकाले अगाडी बढेको आयोजक संस्था एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।
एनआएरएनए दक्षिण कोरियाले संयोजन गर्ने गरि बुधबार बाट सुरु भएको अभियानमा ब्यक्ति तथा संस्थाहरुले धमाधम सहयोग उठाएर सम्बन्धित खातामा जम्मा गरिरहेका छन ।
एक ब्यक्ति एक हेल्थ किट अभियान अन्र्तगत धेरै नसक्नेले न्युनतम २० हजार वन(दुइ हजार नेपाली )सम्म पनि सहयोग गर्न सक्ने तरिकाले अभियान चलाइएको छ । यस अभियानमा कोरियामा बसोबास गर्ने नेपालीहरुको ठुलो सक्रियता रहेको छ । यो हेल्थ किट नेपाल पुगेपछि कोरोना परिक्षणमा भैरहेको ढिलासुस्तीको अन्त्य हुनेछ ।