
नेपालमा पछिल्लो २४ घन्टामा ४२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा आइतबार ४सय २५ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ। तीमध्ये ९७४ जना निको भएर घर गएका छन् भने १९ जनाले ज्यान गुमाएका छन्।