अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।यो नियम फेरी मंगलबार बाट लागु हुन थालेको हो ।सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो ।
तर, पुनस् ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको महाशाखाले जनाएको छ