जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ।जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।
न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बोहोराले जानकारी दिए।दुवैको थुनछेक बयान र बहस सोमबार भएको थियो। मंगलबार अरू अभियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ।