गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन्।भारतबाट फर्किएर विभिन्न जिल्लाका क्वारेन्टिनमा रहेका युवाहरूमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ।थपिएका संक्रमितहरुमा स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका पुरुष रहेका छन्।यस्तै गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका पुरुष र ३१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ।
गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशक शर्माद्वारा मंगलबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ।यस्तै, नवलपुरको बिनय त्रिवेणी गाउँपालिकामा १ जना १८ वर्षका र मध्यबिन्दु नगरपालिकाका १ जना १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।पोखरा महानगरका १ जना २१ वर्षीय र बाग्लुङको ताराखोला गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।