
नेपाली काँग्रेस रुकुम पश्चिमले रुकुम जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने भएकाे छ ।कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रमोर्चामा खटिएर समाचार संकलन गर्ने पत्रकारहरुलाई कोराना बीमा गरिदिने नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा क्रियाशिल सबै सञ्चार गृह, मुलधारका सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई ५० हजार बराबरको कोरोना बीमा गरिनेछ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोनाको कहरका बीचमा पनि जोखिमपूर्ण कार्य गर्ने पत्रकारहरु लक्षित कुनैपनि कार्यक्रम नगरेपछि पार्टीले नै कोराना बीमा गरिदिएको जनाए ।पत्रकारहरुको कोरोना बीमाको लागि नेपाली काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओली, नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. (क) का सभापति सुरतजंग मल्ललगायतले पत्रकारको बीमाको लागि सहयोग गरेको जनाएको छ ।
पत्रकारहरुको कोराना बीमाको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव हरि गौतम र कोषाध्यक्ष प्रविर ददेलले गर्ने छन् । रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरुले नागरिकताको प्रतिलिपीका साथै एक प्रति फोटो बुझाउन नेपाल पत्रकार महासंघका कोषाध्यक्ष प्रविर ददेलले सबै पत्रकारहरु आग्रह गरेका छन् ।