
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो । गत २९ जेठमा बसेको मन्त्रिपरिषद्ले निर्णय गरे पनि सरकारले यससम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
समितिको काम प्रभावकारी हुन नसकेको र सिसिएमसीका निर्णयसँग बाझिएको भन्दै खारेज गर्ने निर्णय भएको हो । सरकारले गत १८ फागुनमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिको २८औँ बैठक गत २८ जेठमा बसेको थियो । सोही बैठकलाई अन्तिम भनिएको छ