पश्चिम रुकुमको मुसिकाेट नगरपालिका १२ का ३३ बर्षका एक पुरुषलाई काेराेना संक्रमण पुष्टि भएको छ ।उनी जिल्ला बाट पठाइएको नमुना परिक्षणमा पाेजेटिभ देखिएका रुकुमको पहिलो संक्रमित हुन । उनी भारत बाट फर्केपछि क्वारेन्टाइन बसेर पिसिआर रिपोर्ट नआउदै घर गएका थिए ।
तर घरमा उनी हाेम क्वारेन्टाइनमा बसेकाे मुसिकाेट नगरपालिका कार्यकारी अधिकृत नरविर खड्काले बताए । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घाेराहि दाङमा गरिएको परिक्षणमा उनको रिपोर्ट शनिबार पाेजेटिभ आएको हाे । गएको जेष्ठ २३ गते नमुना संकलन गरिएको थियो ।३१ गते उनिहरुले १४ दिन क्वारेन्टाइन पार गरेपछि घर पठाइएको थियो ।
संक्रमित पुरुषलाई घर बाट हिडाएर जिल्लामा स्थापना गरिएको आइसाेलेसनमा भर्ना गरिएको छ ।लक्षण नदेखिए सम्म उनलाई त्यहि राखिने छ ।स्राेतका अनुसार संक्रमित पुरुष सँगै ४४ जनाकाे समुह भारत बाट रुकुम फर्केको थियो ।
