
कोरोना भाइरस महामारीको कारणले साउदी अरबमा अड्किएका नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार साँझ साउदी अरबकाे लागि उडेको छ । जहाज आइतबार बिहान ९ बजे आसपास स्वदेश फर्कने नेपालीहरु बाकेर काठमाडौ अवतरण हुनेछ छ । नेपाल एयरलाइन्सको जहाज इतिहासमै पहिलोपटक साउदी अरबमा चार्टर उडान भरेको हाे ।
नेपाली दुताबास रियाद साउदले नेपाल सरकार बाट निर्धारण गरिएकाे मापदण्ड तथा प्रक्रिया अनुसार प्राथामिकताका आधारमा नेपालीहरु फर्काउन लागेको बताएको छ । Geoland holidays and tours प्राइभेट लिमिटेडका संचालक शरद शर्माले धेरै प्रयास पछि नेपाल एयरलाइन्सकाे जहाज साउदी पठाउन सफल भएको बताए ।शर्माले भने पहिलोपटक नेपाल एयरलाइन्सको जहाज यस्तो संकटपुर्ण अवस्थामा साउदी जादै छ,अवस्था सामान्य भएपछि नियमित उडानको लागि पहल गर्नुपर्छ । नियमित नेपाल एयरलाइन्सले उडान गरेमा नेपालकाे आर्थिक समृद्धिमा टेवा पुग्ने पनि शर्माले बताए ।