
साउदी अरबको राजधानी रियादको King Khalid Int. airport Riyadh बाट दुई सय ४७ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको RA 2192 बिमान आइतबार बिहान ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भएको छ । काेराेना भाइरसका कारणले साउदीमै अलपत्र परेका नेपालीको उद्दारकाे लागि शनिबार त्यसतर्फ उडेको बिमान उक्त संख्यामा नेपाली बाेकेर आइतबार बिहान काठमाडौ अवतरण भएको हाे ।
नेपाल फर्कनको लागि २ सय ५९ जना यात्रुले टिकट लिएका थिए, त्यसमध्ये १२ जना बिभिन्न कारणले उक्त उडानमा नेपाल फर्कन नपाएको Geoland holidays and tours प्राइभेट लिमिटेडका संचालक शरद शर्माले जानकारी दिए । लामाे प्रयास पछि नेपाल एयरलाइन्सकाे जहाज साउदी पठाउन सफल भएको पनि शर्माले बताए । पहिलोपटक नेपाल एयरलाइन्सको जहाज साउदी पुग्यो ,नियमित उडानको माग पनि बढेको छ यसको लागि पहल हुनुपर्छ शर्माले भने ।
कोरोना भाइरसका कारण लामो समय देखी नेपाल फर्कनको लागि नेपाली राजदूतावास रियादमा फारम भरेर प्रतिक्षा गरी बसेका नेपालीहरु नेपाल फर्कन पाउँदा खुसि व्यक्त गरेका छन् ।नेपाल एयरलाइन्सको चार्टर बिमान साउदी अरबको रियाद पठाउन ल्याउन लागि पहल, समन्वय तथा सहजिकरण तथा संयाेजन Gilt Travels र Geoland holidays and tours travels ले गरेका थिए । स्वदेश फर्केका नेपालीहरुलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखिने छ ।