बिहिबार करिव साँझ आठ देखि नौ बजेको बिचमा पश्चिम नेपालका कास्की,गुल्मी,पर्वत,बाग्लुङ आदी जिल्लाको आकाश हुदै एउटा अनौठो दृश्य देखा परेपछि मान्छेहरु अच्चमित परेका छन । आकाशमा अनौठो किसिमको दृश्य आगो जस्तै उज्यालो हुदै दौडिरहेको अवस्थामा सबैले देखेपछि के हो के भनेर मानिसहरु आत्तिएका थिए । धेरैले यसको दृश्य कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याए । कतिपयले यसलाइ उल्का तारा भएको बताएका छन ।
बाग्लुङमा रहेका नेपाल बिद्यार्थी संघका निर्वमान उपाध्यक्ष डिल्लीराम सुवेदीले फेसबुकमा स्टाटस राख्दै यो उल्का पिण्डकाे दृश्य हुन सक्ने बताएका छन । बलेवाको आकाश माथी पनि देखियो यस्तो अनि आवाज पनि आयो ।यो उल्का पिण्ड काे दृश्य हाे कोही भ्रममा नपुर्न होला उनले भनेका छन् । याे दृश्य गण्डक क्षेत्रका बुटवल देखी मुस्ताङ सम्मका सबै स्थान हुदै पश्चिम तिर लागिएको र कतिपयले डाेल्पा सम्म याे दृश्य देखेको बताएका छन ।आगाे जस्तै दन्कदै कतिपय ठाउँमा याेे ठुलो आवाज मा पड्केको पनि स्थानीयहरुले बताएका छन ।
धेरै जिल्लाका स्थानियबासीहरुले उक्त दृश्य नजिक बाट नियालेका थिए । यो के हो भन्ने बिषयमा आधिकारिक कहि कतै बाट पुष्टि भने भएको छैन । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले उक्त दृश्य देखिएको भन्ने हल्ला आफुले पनि सुनेको तर थप जानकारी नभएको बताए ।
गुल्मी घर भएकी पत्रकार गगनशिला खड्काले पनि ठुलो आवाज सहित याे दृश्य पोखरा,बाग्लुङ नवलपरासी तिर गएको चर्चा छ भनिन । कोरोनाका कारणले घरभित्रै बसेका मानिसहरु आकाशमा यस्तो दृश्य आएको थाहा पाएपछि घर बाहिर निस्केका थिए ।
तस्बिर : सामाजिक सञ्जाल बाट साभार