
पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो ।
तीन जना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।