काेराेना भाइरस महामारीको प्रकाेपले विश्वभरकाे जनजीवन नराम्रो सँग प्रभावित बनेपछि सबै क्षेत्र अस्तब्यस्त र अलपत्र बने ।मानिसहरु शहरकाे गाउँ र गाउँकाे शहर आवातजावत अझै ठप्प छ ।यस्तै अवस्था विदेशमा बस्ने नेपालीकाे पनि रह्यो ।करिव तीन महिनाकाे अवधिमा विदेशमा नेपालीका गतिविधिहरु पुर्ण रुपमा अबरुद्ध भए ।तर विस्तारै विश्वले काेराेना भाइरसकाे सामाजिक असरलाई जबर्जस्त जित्दै जनजीवनलाई सामान्यकरण गर्ने अभ्यास गर्दै छ ।काेराेना भाइरसले नराम्रो सँग थलिएका राष्ट्रहरुले लकडाउनलाई खुकुलो बनाउदै नागरिकको दैनिकी सहज बनाउदैछन् ।
यस्तै तीन महिना बाट प्रभावित भएको जनजीवन सामान्य अवस्थामा फर्कन लागेपछि क्यानाडामा बसाेबास गर्ने मानिसहरु खुसि भएका छन ।२५ जना सम्म भेटघाट हुन पाउने ,सामाजिक दुरि कायम गरि व्यापार ,व्यवसाय संचालन तथा आवातजावतलाई खुकुलो बनाएपछि मानिसहरुमा पहिलो खुसि छाएको छ । एक लाख माथि संक्रमित पुगेको क्यानडामा ८ हजार ४ सय ३६ जना हाराहारीमा काेराेनाले ज्यान गएकाे छ भने ६४ हजार हाराहारीमा मानिसहरु निकाे भएर घर फर्केका छन ।पछिल्लो समयमा मृत्युदर र संक्रमणदर घटेपछि क्यानडाकाे जनजीवन सामान्यतर्फ अगाडि बढेको हाे । मानिसहरु भेटघाट ,किनमेल ,एक ठाउँबाट अर्को ठाउँ जाने काम अलि बाक्लो रुपमा सुरु भएको छ ।
तीन महिनापछि भेट हुदा आशा जाग्यो

नेपाली काँग्रेसकाे अन्तर्राष्ट्रिय भातृसंगठन नेपाली जनसम्पर्क समिति क्यानडा अरु बेला संगठनका गतिविधिहरुमा ब्यस्त हुन्थ्यो ।तर अचानक सुरु भएको महामारी लकडाउनले सबै गतिविधि अलपत्र हुदै जनसम्पर्क समितिमा आबद्धहरुकाे दैनिकी पनि फेरियो ।संगठनका कामहरूमा प्रमुख दायित्वबाेध हुने महामन्त्री र सभापति लगाएत सम्पुर्ण कार्यसमिति महामारीकाे सामना कसरी गर्ने भन्ने तर्फ लागे । क्यानडाका विभिन्न क्षेत्रमा नेपाल बाट भर्खरै क्यानडा पुगेका तथा पढन क्यानडा पुगेका विद्यार्थीहरुलाई राहत वितरण गर्न टाेली गठन भयो ।कार्यवाहक सभापति चन्दा अधिकारीकाे संयाेजकत्वमा क्यानडाका विभिन्न ठाउँमा घनिभुत तरिकाले जनसम्पर्क समितिले राहत वितरण गरिरह्याे ।सभापति बुद्धि प्रकाश ओली र महामन्त्री बसन्त कार्की पनि राहत वितरणमा कतै प्रत्यक्ष सहभागी भए भने कतै समन्वय गरे ।
याे टाेलीकाे लकडाउनभरीकाे दैनिकी प्रायः राहत वितरणमै वित्याे ।टाेराेन्टाे बाट ८ घण्टा टाढा सम्म गाडीमा यात्रा गरेर राहत वितरण गरेको अनुभव समेत छ महामन्त्री बसन्त सँग । तर यति लामाे लकडाउन विच महामन्त्री बसन्त र सभापति बुद्धिकाे प्रत्यक्ष भेट भने हुन पाएकाे थिएन । क्यानडा सरकारले अवस्था सामान्य बनाएपछि साेमबार यी दुबैकाे प्रत्यक्ष भेटघाट भएको छ ।लामाे समयपछिकाे भेटघाटले दुबैलाई उत्साहित पनि बनाएको छ । सरकारले अत्यन्तै सावधानीपुर्व अवस्था सामान्य बनाउदै छ ,यसमा नागरिकको साथ पनि उत्तिकै छ सभापति ओलीले जानकारी दिए ।
यहाँ सरकारले काेराेना राेकथाममा चालेको कदममा एउटा पनि आलोचना छैन,तर यस्तो संकट बेला आैषधि खरिदमा पनि नेपालमा भ्रष्टाचार भयो रे ? कस्तो नैतिक पतन कार्य सभापति आेली नेपाली नेता तथा मन्त्रीलाई प्रश्न गर्छन् । काेराेना भाइरस नियन्त्रणमा नेपाल सरकारले चालेका कदमहरु नै बैज्ञानिक नभएको सभापति ओलीकाे धारणा छ ।सरकारले बैज्ञानिक रणनीतिहरु बनाउनुपर्ने र नागरिकले पनि इमानदारीपूर्वक पालना गरेमा मात्रै संकटको पार लाग्छ , ओली नेपाललाई सुझाव दिन्छन् । तीन महिना पछि पहिलोपटक भेट हुदा महामन्त्री र सभापतिले धेरै विषयमा समिक्षा र छलफल समेत गरे ।सभापति ज्यु र मैले नेपालकाे राजनीतिक गतिविधि र सरकार संचालनका बिषयमा देखिएका गतिविधिकाे समिक्षा पनि गर्याैँ महामन्त्री बसन्तले भने ।अब हामी विस्तारै पहिलाकै अवस्थामा फर्कदै छाै भन्ने सन्देश दिन पनि सभापति र महामन्त्री विच भेट भएको हाे, महामन्त्री बसन्तले भने ।हामी चाहान्छाै र कामना गर्छौ नेपाल र नेपालीको जनजीवन पनि चाडैं सामान्य अवस्थामा फर्कियाेस कार्कीले भने ।