
मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएका हुन ।
सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।मंगलबार डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्।हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। मृतक काे सङ्या२४ जना पुगेको छ।