नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुर द्वारा आयोजित राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा कर्णाली प्रदेश बाट रुकुमकी भावना शर्माले प्रथम स्थान हासिल गरेकि छिन । प्रदेश बाट उत्कृष्ट भएर संघमा प्रतिष्पर्धा गराइएका २१ जना बाट भावना प्रथम भएकि हुन ।जुम भिडियो मार्फत मंगलबार गराइएको प्रतिष्पर्धामा शर्माले प्रथम स्थान हासिल गर्दै पचास हजार नेपाली रुपैयाँ समेत प्राप्त गरेकि छिन ।

यस्तै दाेस्राे स्थानमा प्रदेश नम्बर १ बाट जानुका अधिकारीले दाेस्राे स्थान हासिल गरेकि छिन ।अधिकारीले दास्राे पुरस्कार ३५ हजार नगद हात पारेकि छिन ।यस्तै तेस्रो स्थानमा प्रदेश नम्बर २ बाट कृष्ण साहले प्राप्त गरेका छन ।उनलेे नगद २० हजार प्राप्त गरेका हुन ।शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक उक्त प्रतियोगिता जिल्ला हुदै प्रदेश बाट केन्द्रमा अन्तिम प्रतिष्पर्धा गराइएको थियोे ।