
साउदी अरबकाे जेद्दा बाट नेपाल एयरलाइन्सको जहाज दुई सय ५५ जना नेपाली यात्रु बाेकेर बुधबार बिहान काठमाडौ अवतरण भएको छ । काेराेना भाइरस महामारीका कारणले नेपाल जान नपाएर साउदीमै अलपत्र परेका नेपालीको उद्दारमा मंगलरबार साँझ चार्टर उडानकाे जहाज साउदीकाे जद्दा पुगेको थियो ।उक्त चार्टर विमानलाई सिनियर क्याप्टेन बिजय लामाले नेतृत्व गरेका थिए ।लामाले जद्दा उडान भर्नु अगाडि आफ्नो याे उडानलाई ऐतिहासिक उडान समेत भएको पाेस्ट गरेका थिए । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जद्दामा पनि पहिलो पटक नै उडान भरेकाे हो ।
उक्त चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएका थिए ।जद्दाको चार्टर उडान बाट टिकट काटेका २ सय ५५ जना नेपाल फर्किएको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए । ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने शर्माको भनाइ छ ।नेपाल एयरलाइन्सको ऐतिहासिक साउदी उडानले पर्यटन क्षेत्रमा समेत राम्रो सन्देश दिने शरद बताउछन ।
पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ । साउदी स्थित नेपाली दूतावासले स्वदेश फर्कनेहरुको सूची टुंगो लगाएपछि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा उनीहरुको उद्धार भइरहेको हो । नेपालीहरु नेपाल एयरलाइन्सको जहाज मार्फत नेपाल फर्कन पाएपछि खुसि भएका छन ।