
क्यानाडाको क्यानेडियन आप्रबासी म्यागेजिन ले प्रदान गर्दै आएको उत्कृष्ट आर. बि. सी. आप्रबासी अवार्डको छनौट मा नेपाली व्यावसायी अनिल थापा परेका छन् । उक्त म्यागेजिन ले बर्षेनी प्रदान गर्दै आइरहेको यस अवार्डमा उनि सफल व्यवसायीको तर्फ बाट छनौटमा परेका हुन । लामो समय देखी क्यानाडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न छन् भने एनआरएनएक्यानाडाका पूर्व अध्यक्ष समेत हुन ।
बिश्व भरि बाट क्यानाडा आएर बसोबास गर्ने र क्यानाडाको विभिन्न क्षेत्र मा रहेर पेशागत तवरले देश निर्माणमा सहयोग गर्ने उत्कृष्ट बिभिन्न बिधाहरुमा २५ जनालाई यो अवार्ड प्रदान गर्ने गर्दछ । आरबिसी उत्कृष्ट क्यानेडियन ईमिग्रेसन आवार्डका लागी उनि उत्कृष्ट ७५ जना मध्येमा परेका हुन अब थापा लाई बिजय गराउनका लागी भोटिङ गर्न सकिन्छ । सर्व सधारण ले अगष्ट ७ तारिख सम्म भोट गर्न सक्ने कुरा आयोजक ले जनाएको छ । उनलाई भोट गर्नका लागी तलको लिङ लाई क्लिक गरी फलोअप गर्नुहोस /Anil thapa