
काेराेना भाइरसका कारण नेपाली आकाश सुनसान भएको पनि तीन महिना पुग्न थाल्यो । लकडाउन पुर्व प्राय काठमाडौकाे आकाश जहाज तथा हेलिकप्टर उडेको आवाजले मानिसहरुकाे ध्यान नै अबरोध गरिदिन्थ्याे ।क्षण क्षणमा घन्किने जहाज र हेलिकप्टरका आवाजहरु कहाँ गए हाेला जस्तै भैसकेको छ ।

अहिले कहिलेकाही छिटफुट हेलिकप्टर तथा जहाज उडेको आवाज मानिसहरुलाई बिरानाे लाग्न थालेको छ । हवाई यातायात पनि मानिसहरुकाे उत्तिकै महत्त्व सँग जाेडिएकाे बिषय हाे ।

आजभोलि कतै आपतकालीन उद्दार तथा चार्टरमा उडने जहाज तथा हेलिकप्टरका दृश्य तथा आवाजहरु मानिसहरुलाई दुर्लभ जस्तै लाग्न थालेका छन ।शुक्रबार किर्तिपुरकाे आकाशमा उडिरहेको एउटा हेलिकप्टरलाई आकाश ,बादल र प्रकृति सँग जाेडेर पत्रकार धनबीर दाहालले कैद गरेका केही दृश्यहरु ।


