
नेपाल एयरलाइन्सको चार्टर जहाज दुई सय ५४ जना यात्रु र १५ वटा शव बाेकेर शनिबार बिहान काठमाडौ अवतरण भएको छ ।साउदी अरबकाे राजधानी रियाद बाट नेपाल एयरलाइन्सको जहाज दास्राे पटक नेपाली लिएर काठमाडौ अवतरण भएको हाे । साउदी कै जेद्दा बाट गएको बुधबार पनि दुई सय ५३ जना यात्रु बाेकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौ अवतरण भएको थियो ।हाल सम्म नेपाल एयरलाइन्सले साउदी बाट तीन पटक ऐतिहासिक चार्टर उडान भरेकाे छ ।काेराेना भाइरस महामारीका कारणले नेपाल जान नपाएर साउदीमै अलपत्र परेका नेपालीको उद्दारमा नेपाल एयरलाइन्सले उडान गरिरहेकाे जियाेल्यान्ड ट्राभल्स साउदीका व्यवस्थापक शुरेसराज त्रिपाठी जानकारी दिए । शनिबार काठमाडौ भएको अवतरण भएको जहाजमा १५ वटा विभिन्न कारणले निधन भएका नेपालीहरुकाे हाे ।काेराेना भाइरसका कारण लकडाउन हुदा उक्त शवहरु पनि साउदीमै अडकिएका थिए ।
जहाज चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएका थिए ।आउदो जुलाई १ मा पनि अर्को चार्टर उडान रहेको जियाेल्याण्ड ट्राभल्सका संचालक शरद शर्माले जानकारी दिए ।ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने शर्माको भनाइ छ ।नेपाल एयरलाइन्सको ऐतिहासिक साउदी उडानले पर्यटन क्षेत्रमा समेत राम्रो सन्देश दिने शरद बताउछन ।पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गरिदै छ । साउदी स्थित नेपाली दूतावासले स्वदेश फर्कनेहरुको सूची टुंगो लगाएपछि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा उनीहरुको उद्धार भइरहेको हो ।