एनआरएनए साउदी अरबले काेराेना भाइस महामारीका कारणले समस्यामा परेका नेपालीहरुकाे राहत तथा उद्दारका कार्यलाई निरन्तर अगाडि बढाइरहेको छ । समस्या परेको ठाउँमा राहत तथा सम्पर्कमा आएका नेपालीहरुका समस्या समाधानमा एनआरएनएले तदारुकता देखाइरहेकाे बताएको छ ।साप्ताहिक रुपमा बैठक बसि गतिविधिहरुकाे समिक्षा तथा आगामी याेजनाहरुकाे बारेमा बैठक नियमित रुपमा बस्दै आएको छ ।जुन २६ काे बैठकमा नेपाल जाने तयारीमा नाम सार्वजनिक भएका पीडितहरुलाई मेडिकल टेस्ट तथा अन्य प्रकृयाको लागि समन्वय , साउदीका दुर्गम स्थान सबै ठाँउमा कोरोना टेस्ट सुबिधा उपलब्ध नभएको गुनासोहरुलाई समेत आवश्यक परामर्श दिंदै समन्वय गरिरहेको साप्ताहिक गतिबिधीहरुमा समीक्षा भएको थियो । साथै एनआरएनएले साउदीले साप्ताहिक गतिविधिहरु सार्वजनिक गर्दै आएको छ ।
हाल सम्म केही नेपालीहरु फर्किए पनि वास्तबिक पीडित नेपालीहरु जस्तै बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएका, बिभिन्न कारणले अबैध रूपमा बसेका र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुको निम्ती कोरोना टेस्ट, हवाई टिकट शुल्क जुटाउन नसक्ने भएकोले त्यस्ता पीडितहरु छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले वास्तविक पीडितको पहिचान गरी फर्काउने,नेपालमा पुर्याएर स्वास्थ्य सेवा,रोजगारीको ब्यबस्था,कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा समेत गर्नुपर्ने विषय वस्तु छलफल भएको एनआरएनए साउदीका प्रबक्ता विष्णु न्याैपानेले जानकारी दिए । कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ पुगेको र मृत्यु हुनेको संख्या १४७४ पुगेको छ भने १२०,४७१ जना कोरोना बाट निको भएर फर्केका छन्। बिगत ४ साता अघिको आधिकारिक जानकारि अनुसार संक्रमित हुने नेपालीहरुको संख्या १३६४ रहेको थियो जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको पनि एनआरएनएले जनाएको छ ।एनआरएनका थप गतिविधि याे लिङमा उपलब्ध छ NRNA