
डा सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै केन्द्रिय सदस्य कैलाश महतोसहित ७ जना केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रीय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमति पासवान, कपिलवस्तुका हकिकुल्ला मुसलमान, सिरहाकी सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह रहेका छन् । कैलाश महतो राउतद्वारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक तथा निकटस्थ मानिन्छन् । मधेसकम मुद्दामा सिके गम्भीर नभएको ,बाहिर एउटा भित्र अर्को शैली अपनाएको भन्दै उनीहरुले पाटी छाडेको बताएका छन ।
त्यस्तै जनमत पार्टीको जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामूहिक राजीनामा दिएको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेृत्वमा गठित २३ सदस्यीय कार्यसमितिमा २ जना बाहेक २१ जनाले सामूहिक राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाेछ । Rato pati