
काेराेना भाइरस महामारीकाे कारणले दैनिक मजदुरी गरि पेट पाल्ने विपन्न परिवारलाई वितरणकाे लागि संकलन गरिएको राहत जनप्रतिनिधिकाे निर्देशनमा खाेलामा बगाइएकाे छ । बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका वडा नम्बर ४ बाट बिदेश गएका युवाहरूको सञ्जाल प्रवासी युवा संञ्जाल ढुरले संकलन गरि पठाएको एक ट्याक्टर राहत शनिबार दिउँसो खाेलामा जनप्रतिनिधिहरुले बगाइदिएका छन् । राहत वितरणकाे लागि गाउँमा लिदै गरेको ४५ बाेरा चामल १०० किलो दाल लगाएतकाे खाद्यान्न सामाग्री ट्याक्टर बाट झिकेर खाेलामा बगाइदिएकाे युवाहरुले बताएका छन ।

४ नम्बर वडा अध्यक्ष तिलक पुनकाे निर्देशनमा वडा सदस्य तिल बहादुर फगामीकाे नेतृत्वमा लुकुरखाेला उत्तिसिना घाटमा खाद्यान्न सामाग्रीहरु बगाइएकाे हाे । हामीहरु सामान लिएर गाउँ तर्फ जादै थियौ बाटोमा लुकेर बसेका रहेछन् ,हामीलाई कुटपिट गरे सामान खाेलामा बगाइदिए ,नगद तीस हजार पनि लुटेर लिए एक युवाले बताए ।

उक्त राहत कुटिखाेला,घिरी,फलामखानी,झारसाक्षि,किरी लगाएतकाे ठाउँका विपन्न तथा दिर्घराेगिहरुलाई वितरण गर्न लगिदै थियोे ।वडा सँग समन्वय नगरेको भन्दै उक्त सामाग्री खाेलामा बगाएको बताइएकाे छ ।वडा अध्यक्षकाे निर्देशनमा भएको उक्त कार्यकाे चाैतर्फि कडा आलोचना गरिएको छ ।राष्ट्रिय जनमाेर्चा बाट निर्वाचित वडा अध्यक्ष तिलक पुनले राहत वितरण तथा वडा बाट वितरण हुने अन्य सेवा सुविधामा समेत विभेद गर्दै आएको स्थानीयबासीहरुकाे आराेप छ । हामीले गरिव तथा विपन्नहरुकाे लागि बिदेशमा पसिना बगाएर कमाएको रकम बाट संकलित राहत खाेलामा बगाउनु आफैं कुर र अपराधी कार्य भएको एक युवाले बताए ।यस बिषयमा वडा अध्यक्ष सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन