
नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।
हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।२९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।