काठमाडौं – नेपालमा थप ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या चार हजार ६ सय ५६ जना पुगेको छ ।
९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार आठ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ४८ हजार ३ सय ६२ जना रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।