काठमाडौं – उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।
नयाँ संक्रमितमा काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष मा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।मंगलबार मात्र काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो।
बुधबारसम्म ४ हजार ६५६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।