काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् ।
ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।\
ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ।
सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएकाे भन्दै यसको भण्डारफोर गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले राति १० बजेसम्म उनीहरुलाई ब्रिफिङ गरेका थिए।
यसैबीच, प्रधानमन्त्रीको समर्थनमा आज बिहान ८ बजे भक्तपुरमा प्रदर्शन भएको छ भने मध्यान्ह १२ बजे पनि युवा र विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका छन्।