काठमाण्डौँ – पार्टीभित्र विवाद चुलिएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल ‘प्रचण्डबीच’ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि दुई अध्यक्षहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच अहिले भेट जारी छ।
भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।
जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।
जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।
बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।
कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड नेपाल पक्षमा नेताहरू सहभागी थिए।