दुबईबाट आएका एक जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका पुरूष भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । चैत ११ गते अस्पताल भर्ना भएका उनको कोरोना भाइरस रिर्पोट पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।यो सगै नेपालमा कोरोना संक्रमितको सख्या ४ पुगेको छ । ।यस अगाडी एक जना चाइना बाट आएका युवामा संक्रमण देखिएको थियो उनी उपचार पछि घर फर्किसकेका छन । अब तीन जनाको अस्पतालमा उपचार भैरहेको छ ।