लामाे समय देखि प्रत्यक्ष बिक्री वा नेटवर्क मार्केटिङ्ग प्रणालीको कारोबार हुदै आएको नेटवर्क काराेवार प्रणालीलाई सरकारले थप सहज बनाई दिएको छ ।सरकारले यसलाई पुर्ण रुपमा कानुनी मान्यता प्रदान गरे सँगै हाल धेरै नेटवर्क मार्केटिङ कम्पनीहरु धमाधम दर्ता हुने प्रक्रियामा अगाडि बढेका छन ।सरकारले बस्तुको प्रत्यक्ष बिक्रि प्रणालीलाई पुर्णरुपमा कानुनी मान्यता दिए सँगै यसमा आबद्ध लाखौं व्यक्तिहरु खुसि भएका छन ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन २०७३ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने नियमावली २०७६ पारित भएपछि सम्बन्धित कम्पनीहरु इजाजतको लागि मन्त्रालयमा धाउन थालेका छन ।लामाे समय देखि प्रत्यक्ष विक्रि तथा नेटवर्किङ मार्केटिङ गर्दै आएको (DXN) ले पनि नेपालमा पुर्ण रुपमा कानुनी मान्यता पाएकाे छ । न्यु विवेक इन्टर प्राइजेज प्रालि काे नाममा वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण गर्न पाउने इजाजत उद्योग बानिज्य तथा आपूर्ति मन्त्रालय बाट शुक्रबार इजाजत पत्र प्राप्त गरेकाे Crown diamond मिनाराम खड्काले जानकारी दिए ।
अब निर्वाध रुपमा (DXN) ले आफ्ना उत्पादनहरु ढुक्कसँग उपभोक्ताहरु समक्ष लिन पाउने भएको छ । (DXN) व्यवसाय सँग आबद्ध नेपालमा तथा विदेशमा आबद्ध लाखाैँ उपभोक्ताहरु उत्साहित भएका छन ।यस अगाडि याे व्यवसाय कम्पनी रजिस्ट्रारकाे कार्यालय र अन्य निकायमा दर्ता भएर संचालन हुदै आएको थियोे । (DXN) का उत्पादनहरु स्वास्थ्यबर्धक मानिन्छन ।नेपालमा विगत १८ बर्ष देखि संचालनमा रहेको (DXN) का ३२ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छन ।