काठमाण्डौँ – विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८० हजार पुगेको छ । कोरोना संक्रमितमध्ये ६२ लाख ६६ हजार निको भएर घर फर्किएका छन् भने ५ लाख २८ हजार ३ सय भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ ।
कोरोना संक्रमितमध्ये ४३ लाख ८५ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । त्यसमध्ये ४३ लाख २६ हजार अर्थात ९९ प्रतिशत कोरोना संक्रमितको अवस्था सामान्य छ । १ प्रतिशत अर्थात ५८ हजार ८ सय २४ जनाको अवस्था गम्भीर रहेको वल्र्डवोमिटर्सले जनाएको छ ।
विश्वभर पछिल्ले २४ घण्टामा मात्रै २ लाख भन्दा धेरै कोरोनाका बिरामी थपिएका छन् । २४ घण्टाको अवधिमा ५ हजार १ सय भन्दा धेरै मानिस मरेका छन् ।